Amako sapana exercise question answers | class 12 nepali chapter 1 poem exercises



 पाठ-१

आमाको सपना


शब्द भण्डार


१. उस्तै अर्थ दिने शब्दसँग मिलाउनुहोस् :

उषा → झिसमिसे उज्यालो
सपना → रमाइलो भविष्यको आशा वा कल्पना
यौवन → युवा अवस्था
कलिलो → कलकलाउदाे
सङ्‌ग्राम → लडाई
जडता → मूर्खता
कण्ठ → घाँटी
आशा → चाहेको बस्तु पाउने इच्छा


२. अर्थसँग मिल्ने शब्द पाठबाट खोजेर लेख्नुहोस्।

क. राती जमीन, रूख, पात आदिमा पर्ने पानीका ससाना थोप्ला ➣ शीत ‌‌‌‌‌

ख. ‌‌ ओठमा राखी ‌‌दाहिने कुमतिर फर्काई बजाइने बाँस, निगालों  आदिबाट बनाइएको बाजा
➣ बाँसुरी

ग. लिने वा समात्ने काम
➣ ग्रहण

घ. सिर्जना गर्ने क्षमता
➣ सिर्जना शक्ति

ङ. सन्तुष्ट हुने वा पार्ने वचन
➣ सान्त्वना

च. बेग सित चलेका हावा
➣ हुरी


३.  दिइएको शब्दको पर्यायवाची शब्द लेख्नुहोस् र वाक्यमा प्रयोग गर्नुहोस्।

वायु → हावा
वायुको तेज गतिले घरको छानो उडायो।

आमा → माता
आमा ममताकी खानी हुन्।

मधुर → मिठो 
उसको मधुर ध्वनि सुनेर सबैजना मग्न भए।

गरिमा → गौरव
अन्तर्राष्ट्रिय खेल जितेर खेलाडीहरुले राष्ट्रको गरिमा बढाएका छन्।

करुणा → दया, माया
हामीले सबैलाई करुणा गर्नुपर्छ।

नगर → सहर
म आज नगर घुम्न जानेछु।

दक्ष → योग्य
हरेक विद्यालयले दक्ष जनशक्ति उत्पादन गर्न सक्नुपर्छ।

एकान्त → शान्त
मलाई एकान्त वातावरण निकै मनपर्छ।

धरती → पृथ्वी
धर्ती हामी सबैको साझा घर हो।

शिशु → बालक
शिशु निकै चन्चल स्वभावका हुन्छन्।

 ‌‌

४. दिइएको उखान प्रयोग गरी आफ्नो जन्मस्थान को वर्णन गर्नुहोस्।

एकले थुकी सुकी सयले थुकी नदी, नजिकको तीर्थ हेला, जिउँदाको जन्ती मर्दाको मलामी, आफु भलो त जगतै भलो, एक हातले ताली बज्दैन।

➣ हरेक मानिसलाई आफू जन्मेको ठाउँ निकै प्यारो लाग्छ मेरो जन्मस्थान झापा मलाई मेरो भन्दा पनि प्यारो लाग्छ। यो ठाउँ चियाबारीको लागि निकै प्रसिद्ध छ र यहाँ पर्यटकहरूको घुइँचो लाग्ने गर्दछ।

एकले थुकी सुकी सयले थुकी नदी भनेझैं यहाँका धेरैजसो मानिसहरू चियाखेती गर्छन् यसै कारण यस ठाउँले लाखौं पर्यटकहरु र अरबौं को आयात कमाएको छ। पर्यटकीय क्षेत्र भएको कारणले गर्दा पनि यहाँ धेरै सुविधाहरु छन्। यस ठाउँमा निकै राम्रा र प्रसिद्ध अस्पताल, पुस्तकालय लगायत थुप्रै मठ मन्दिरहरू छन् तर यति हुँदाहुँदै पनि केही मानिसहरु भने सामान्य कामका लागि पनि राजधानी धाउने गर्छन् यो त नजिकको तिर्थ हेला गरेजस्तै भयो। जिउँदाको जन्ती मर्दाको मलामी भनेकै यहाँका हरेक मानिसहरुको एकअर्कासँग मिलेर बस्छन् र सबैलाई सहयोग गर्दछन्। आफु भलो त जगत भलो भन्ने विचारलाई आत्मसात् गरी यहाँका मानिसहरु सारा संसारलाई माया र आफन्तको दृष्टिले हेर्छन् । एक हातले ताली बज्दैन भनेझैं पुरुषले मात्र सबै काम नगरिकन यहाँका महिलाहरुपनि सबै काममा अग्रसर रहेका छन्।


५. कलाकार शब्दहरुलाई शब्द कोशीय अनुक्रम मिलाई अर्थ सहित लेख।

अध्यादेश → संसदको अधिवेशन नभएको बेला समयका निम्ति आवश्यक परेमा राष्ट्रको सर्वोच्च सत्ताबाट विशेष अधिकारको प्रयोग गरी जारी हुने कानुन सरह मान्यताप्राप्त आदेश।

अधिवक्ता → न्यायालयमा वादी वा प्रतिवादीका पक्षमा वकालत गर्ने अधिकार प्राप्त व्यक्ति वा कानुन विशेषज्ञ।

देवानी → फौजदारी बाहेक अन्य, धनमालसँग सम्बन्धित।

फौजदारी → मारपीट, चोरी, डकैती आदि अपराधको न्यायिक कारबाही गरिने कुरा सँग सम्बन्धित।

वारेस → उत्तराधिकारी।

सरजमिन → सम्बन्धित घटना घटेको वा समस्या परेको ठाउँ।

मुचुल्का → सरजमिनका मानिसले लेखिदिएका बयान कागज।

विधेयक → प्रतिनिधि सभामा पेश गरिने ऐनको प्रस्तावित रुप।

जमानत → धितो

बिगो → अपराध, कसुर र दोष सम्बन्धी मामिलामा प्रभाव पार्ने रकम।

इजलास → अदालत।

कायलनामा → अपराध, कसुर वा गल्ती सुधार गरी लेखिने कागज।

हदम्याद → मुद्दा गर्ने आखिरी म्याद।

सनाखत → अड्डा खानामा सम्बन्धित व्यक्तिका सामुन्ने यो काम वा कुरो मैले गरेको हुँ भन्ने व्यहोराको लेखी प्रमाणसहित गरिने सहीछाप।

तारिख → अड्डा अदालत बाट झगडिया वा निजको वारिसलाई हाजिर हुन आउनु भनि लेखिदिएको मिति।


बोध र अभिव्यक्ति


३. दिइएको कवितांश पढी सोधिएका प्रश्नको उत्तर दिनहोस।

आमा, त्यो आउँछ र ?
“हो, बा, त्यो आउँछ
 त्यो बिहानको सूर्य झैँ उज्यालो छर्दै आउँछ ।
 त्यसको कम्मरमा झुन्डिएको शीत जस्तै टल्कने 
तिमी एक हतियार देख्ने छौ 
त्यसैले ऊ अधर्मसित लड्ने छ 
त्यो आउँदा तिमी पहिले त सपना हो कि भनेर 
छामछुम गर्ने छौ तर त्यो हिउँ र आगोभन्दा पनि
 बढ्ता छोइने भएर आउँछ ।”

प्रश्नहरु

क. 'त्यो' र 'तिमी' भनेको को को हुन्?
➣ यस कवितामा कविले आमा र छोराका मार्फत नेपाल आमा र यिनका सन्तानका रूपमा वर्णन गर्न खोजेका छन्। तत्कालीन राणा शासनको परिवेशमा आधारित यस कवितामा त्यो भन्नाले ले क्रूर शासक र अन्य बिरुद्ध आवाज उठाउने क्षमता भएको मानिस हो भने तिमी भनेको तत्कालीन अवस्थामा अन्याय सहेर बस्न बाध्य भएका नेपाली जनताहरु हुन्।

ख. किन क्रान्तीको आवश्यकता परेको हो?
➣ तत्कालीन राणा शासनको बेलामा देशमा प्रजातन्त्र थिएन। शासकहरु असल र कर्तव्यनिष्ठा थिएनन्। देशमा जनता अन्याय, शोषण र फ्रान्समा बस्नुपरेको थियो कसैमा आवाज उठाउने आँट समेत थिएन। यहीं नरग जीवनको अन्त्य गर्न, निरंकुश शासकहरू विरुद्ध लड्न, अन्याय विरुद्ध आवाज उठाउन र देशमा प्रजातन्त्र नै नयाँ युगको आगमन गर्न क्रान्तीको आवश्यकता परेको हो।

ग. 'त्यो हुँदा आगो भन्दा पनि बढ्ता छोइने भएर आउँछ' भन्नुको तात्पर्य के हो?
➣ छोइनु भनेको महसुस गर्नु हो। हिउँ र  आगो निकै खतरनाक बस्तु हुन्। हिउँ  र आगोको नाम दिएर अब आउने क्रान्ति र क्रान्तिकारी सन्तानहरू निकै खतरनाक र साहसी हुन्छन्। उनीहरूलाई कसैले रोक्छेक गर्न सक्ने छैनन् र उनीहरूको अदम्य साहस र शक्तिको महशुस हामी सबैलाई हुने कुरा यस वाक्य बाट बुझिन्छ।

घ. माथिको कवितांशमा कस्तो शैलीको प्रयोग भएको छ?
➣ कविताको समग्र शैली गद्य हो भने उक्त कवितांशमा प्रश्नोत्तर र संवादात्मक शैलीको प्रयोग गरिएको छ।


४. तलको कवितांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस्।

हो र आमा !
“हो, तिमी जन्मँदा तिम्रो कलिलो अनुहारमा
त्यसकै छाया देख्ने आशा गरेकी थिएँ
तिम्रो हिस्सी परेको हँसाइमा त्यसैको सुन्दर छवि
तिम्रो तोते बोलीमा त्यसैको मधुर ध्वनि
तर त्यो मिठो गीतले तिमीलाई
आफ्नो बाँसुरी बनाएनछ !
त्यो तिमी नै हौला भन्ने
मेरो यौवनभरिको सपना थियो ।”

प्रश्नहरू

(क) आमाको सपना के थियो ?
➣आमाले अहिलेका आफ्ना हरेक सन्तानमा क्रान्ति भाव अपेक्षा गरेकी थिइन्। अदम्य साहस र शक्तिका साथ अन्याय बिरुद्ध आवाज उठाउने क्षमताको अपेक्षा गरेको थिईन। देशमा जन्मेका हरेक सन्तान एक क्रान्तिकारी डर किन परिवर्तन ल्याउने क्षमता भएको आपेक्षा साथै नेपालमा चाँडैनै प्रजातन्त्र आउने र जनताहरु शोषण र पीडाबाट मुक्त भएको आमाको सपना थियो।

ख. 'त्यो मीठो गीतले तिमीलाई आफ्नो बाँसुरी बनाएछ' भन्नुको तात्पर्य के हो?
➣ मिठो गीत भन्नाले आमाले आफ्ना सन्तानमा अपेक्षा गरेको साहस र क्रान्तिकारी भावना हो। उनले आफ्ना सन्तानमा तत्कालीन समयमा कठिन परिस्थितिको विरुद्ध लड्ने क्षमता आफ्नो सन्तानमा देखिएकी थिइन्। अन्याय र शोषण विरुद्ध लडेर देशलाई नयाँ बाटोतर्फ लैजाने सन्तानको जन्म हुनेमा उनी निश्चित थिइन् तर त्यही गुण हालेको सन्तानमा नभएको भन्नु यस वाक्यको तात्पर्य हो।


५. कवितामा 'आमा' र 'छोरा' के-केका प्रतिकका रुपमा वर्णन गरिएका छन्? छलफल गर्नुहोस्।

➣ कवि गोपालप्रसाद रिमाल द्वारा लिखित 'आमाको सपना' कवितामा नेपालको प्रजातन्त्र अघि परिवेशको वर्णन गरिएको छ। कवितामा आमा भन्नाले नेपाल आमा र छोरा भनेको नेपाल आमाको सन्तान अथवा क्रान्तिको भाव बोकेको नेपाली भनेर वर्णन गरिएको छ। उक्त कवितांशमा आमाले आशाको किरण छर्ने र कल्पना गर्ने काम गर्छिन् भने छोराले सोही आशाको किरणलाई बोकेर आमाको सपना साकार पार्ने काम गर्छ। संवादबाट तत्कालीन निरंकुश शासन उन्मूलन गर्न क्रान्ति आवश्यक रहेको र त्यसमा होमीन नेपाल आमाले आफ्नो सन्तानलाई हौसला दिइरहेको भाव कविले व्यक्त गरेका छन्।



६. कवितामा कस्तो परिवेश को चित्रण गरिएको छ? छलफल गर।

➣ कवि गोपालप्रसाद रिमाल द्वारा लिखित यस कवितामा नेपालको प्रजातन्त्र अघिको परिवेशको चित्रण गरिएको छ। देशमा राणाशासन थियो र निरंकुश शासन प्रणाली थियो तत्कालीन अवस्थामा देशमा अन्याय, उत्पीडन, शोषण, डर, त्रास आदीको बिगबिगी थियो। शोषण, दमन, अन्याय, अत्याचार र अशान्तिबाट पीडित भई नेपाल आमाले यसको अन्त्यका लागि क्रान्ति र क्रान्तिकारी सन्तानलाई आह्वान गरेकी छिन्।

७. 'मैले यसरी रोगीलाई झैँ तिम्रो कपाल मुसारी रहनु पर्ने छैन' कवितांशबाट कविले के भन्न खोजेका हुन्, प्रतिक्रिया देउ।

➣ रोगी भन्नाले असहाय भन्ने बुझिन्छ। नेपाल आमाका सन्तान असहायक छन्। उनीहरु अन्याय अत्याचार सहेर बाँचिरहेका छन् त्यसकारण नेपाल आमाले उनीहरूको हेरचाहा गरिरहेकी थिइन् तर जुन दिन देशमा क्रान्ति आउँछ त्यतिबेला कोहीपनि असहायक हुनेछैन। देशमा प्रजातन्त्र आएपछि देश उज्यालो तर्फ मोडिन्छ हरेक नागरिकहरू आफैंमा निर्बल भई आफ्नै खुट्टामा अडिन्छन्। त्यतिबेला नेपाल आमाले आफ्ना सन्तानहरुको हेरचाह गर्नुपर्ने छैन यही कुरा नेपाल आमालाई थाहा हुन्छ र माथिको कवितांशको माध्यमबाट व्यक्त गर्छिन्।


८. ‘आमाको सपना' कवितामा कविले क्रान्ति किन र कसरी आउने कल्पना गरेका छन्, दिइएका बुँदालाई समेत आधार बनाई समीक्षात्मक प्रतिक्रिया लेख्नुहोस् :

(क) शीत जस्तै टल्कने एक हतियार कम्मरमा झुन्ड्याएर
(ख) बिहानको सूर्य झैँ उज्यालो छर्दै
(ग) हिउँ र आगोभन्दा बढ्ता छोइने भएर
(घ) हुरी भएर
(ङ) जनताले उसलाई पात भएर पछ्याउनुपर्ने स्थितिको सिर्जना गरेर
(च) अधर्मसित लड्न
(छ) आमाको सपना साकार पार्न
(ज) जनताले जीवनरक्षाका लागि अर्को आश्रय खोज्नुपर्ने अवस्थाको अन्त्य गर्न
(झ) सम्पूर्ण जनतालाई स्वतन्त्रता दिलाउन

➣ गोपालप्रसाद रिमालद्वारा लेखिएको 'आमाको सपना' कविता संवादात्मक शैलीमा लेखिएको हो। प्रजातन्त्र नआउँदैको नेपालको परिवेशलाई चित्रण गर्दै देशवासीमा शासकहरुबाट भएको अन्याय, शोषण र उत्पीडनलाई कविले यसमा समावेश गरेका छन्। कवितामा आमा अर्थात नेपाल आमाले आफ्ना छोरा अर्थात नेपालीहरुलाई त्यो रुपी क्रान्ति र क्रान्ति गर्न योग्य वीर नेपालीहरु आउने आपेक्षा गरेको वर्णन गरिएको छ।

उक्त कवितामा अब नेपालीहरुले निरंकुश शासक हरु र तिनको अन्याय सहनु पर्दैन भनिएको छ। देशमा क्रान्ति को ज्योति छर्दै नयाँ सन्तानहरु जन्मने छन्। बिहानीको सुर्याझै सबैलाई नयाँ हौसला र चेतना बाँड्दै क्रान्ति को लागि अदम्य साहस बोकेर नेपालीहरु अन्याय अत्याचार विरुद्ध लड्ने छन्। अब आउने क्रान्ति र क्रान्ति गर्ने कान्तिकारीहरूको क्षमता, शक्ति, बल र साहसलाई कसैले पनि रोक्न र छेक्न सक्दैन। हुरीको जस्तो तेज गतिमा उनिहरुको आउनेछन र सारा नेपालीहरुमाझ चेतना छरेर जानेछन्। चेतनाको कमीले गर्दा त्यस्तो दर्दनाक परिस्थिति झेल्न बाध्य नेपालीहरु अब वीर योद्धाको आगमनसँगै तिनीहरूलाई पछ्याई, हातमा हात मिलाएर, अधर्म र अन्याय विरुद्ध लडी नेपाल आमाको सपना साकार पार्ने छन्। देशमा प्रजातन्त्र भित्रने छ र हरेक जनता निर्भर भई आफ्नै खुट्टामा अडिग रहने छन्। सम्पूर्ण जनता स्वतन्त्र भई स्वतन्त्र जीवन निर्वाह गर्ने छन्।


९. आमाको सपना के हो र त्यो कसरी साकार हुन्छ, 'आमाको सपना' कविताका आधारमा समीक्षात्मक उत्तर लेख।

➣ राष्ट्रभक्त तथा देशप्रेमी कवि गोपालप्रसाद रिमाल द्वारा रचित 'आमाको सपना' कवितामा आमा र छोराको संवादको माध्यमबाट कविले आफ्ना विचारहरु व्यक्त गरेका छन्। नेपाल आमालाई आमाको रुपमा र नेपालीहरुलाई छोराको रुपमा उभ्याएर आपसी संवादको माध्यमबाट आमाले देशको दुर्वस्था हटाई समाज रूपान्तरण गर्न क्रान्तिका आवश्यकता रहेको बताएकी छिन् र देशमा क्रान्ति आएर प्रजातन्त्र भित्र्याउने आमाको सपना हो।

आमाको सपना भनेको समाज रूपान्तरण हो र परिवर्तन हो। आमाको सपना निरंकुश शासकहरूको अन्त्य भई देशमा प्रजाको शासन आउनु हो। अन्याय र अत्याचार सहन बाध्य भएका जनताहरूको न्याय प्राप्ति र उनीहरुले सजिलै आफ्नो आवाज उठाउन पाउनु अर्थात जनताको स्वतन्त्रता नै आमाको सपना हो। यो सपना साकार पार्न देशमा क्रान्ति र क्रान्ति गर्न योग्य क्रान्तिकारीहरूको आवश्यकता छ। देशमा अदम्य साहस र शक्ति भएका क्रान्तिकारी योद्धाहरूको जन्म भएमा मात्र यो सपना साकार हुन सक्छ। क्रान्ति विना अशान्ति अधर्म र अन्याय अन्त्य नहुने भएकाले सबै नेपालीहरु एकजुट भई अन्याय विरुद्ध लडे आमाको सपना साकार हुने निश्चित छ।


१०. दिइएको अनुच्छेद पढी सोधिएको प्रश्नको छोटो उत्तर दिनुहोस्।

क. पदक्रमका आधारमा भाषा लाई कति प्रकारमा वर्गीकरण गरिएको छ?
➣ पदक्रमका आधारमा भाषालाई जम्मा छ प्रकारमा वर्गीकरण गरिएको छ।

ख. नेपाली र अंग्रेजी कस्तो पदक्रम भएका भाषाहरू हुन्?
➣ नेपाली कर्ता, कर्म र क्रिया क्रम भएको भाषा हो भने अंग्रेजी कर्ता, क्रिया र कर्म पदक्रम भएको भाषा हो।

ग. व्याकरणिक पदक्रम र आलंकारिक पद क्रममा के भिन्नता छ?
➣ व्यकरणलाई बढी प्रधानता दिइने पदक्रम व्याकरणिक पदक्रम हो भने भावलाई प्रधानता दिइने पदक्रम आलंकारिक पदक्रम हो।

घ. भाषामा विचलन किन हुन्छ?
➣ भावमा सहजताका लागि भाषामा विचलन हुन्छ।


११. दिइएको कवितांश लाई सामान्य पदक्रममा रुपान्तर गर्नुहोस र कवितांश ले खोजेको कुरा के हो, छलफल गरी उत्तर दिनुहोस्।

सत्य कुरालाई तिमी यसरी
चुम्बकिएर कथा सुने झैँ सुन्ने छैनौ
तिमी त्यसलाई आफैँ नै देख्न सक्ने, सहन सक्ने र
ग्रहण गर्न सक्ने हुने छौ ।
मैले यसरी धैर्य दिनुको सट्टा तिमी सङ्ग्राममा जाँदा
लाख सम्झाएर पनि नमान्ने आमाको मनलाई
सान्त्वना दिँदै बिदा हुने छौ ।

सामान्य पदक्रम
तिमी यसरी चुम्बकीयर सत्य कुरालाई कथा सुनेझैं सुन्ने छैनौं। त्यसलाई तिमीले आफूले देख्नसक्ने, सहनसक्ने र ग्रहण गर्न सक्ने हुनेछौ। तिमी सङ्ग्राममा जाँदा मैले यसरी धैर्य दिनुको सट्टा लाख सम्झाएर पनि नमान्ने आमाको मनलाई सान्त्वना दिँदै बिदा हुनेछौ।
अर्थ 
क्रान्ति अवश्य आउने छ। त्यतिबेला सत्य कुरालाई कथाझैं नसुनी सत्यकुराका लागि आवाज उठाउन पाउनेछौ। तिमीले क्रान्ति र परिवर्तन भोग्ने छौं, देख्नेछौ र ग्रहण गर्ने छौ भन्दै आमाले छोरालाई भनिरहेकी छिन्। त्यो छोरा जो अहिले आनन्दसँग आमाको काखमा सुतिरहेको छ, उसले क्रान्ति गर्ने समय पछि आमालाई सान्तोना दिंदै रणभूमिमा जाने कुरामा आमा निश्चित छिन्।


Post a Comment

Previous Post Next Post